तपाईँ सुन्दै हुनुहुन्छः

भाइरल ज्वरोले शिक्षक बिद्यार्थी एकै साथ विरामी, विद्यालय अनिश्चि कालका लागि बन्द

जाजरकोट -भाइरल ज्वरोले शिक्षक बिद्यार्थी एकैसाथ विरामी परेपछि जाजरकोटको नलगाड नगरपालिका ८ मंङसिरीमा रहेको हिमालय प्राथामिक विद्यालय अनिश्चि कालका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कमल बोहरा, शिक्षक नेत्र खत्री र शिक्षिका मणिषा सिंह र ६३ जना विद्यार्थीहरु एकैसाथ भाइरल ज्वरोले बिरामी परेपछि विद्यालय बन्द गर्नु परेको प्राधानाध्यापक कमल बोहराले जानकारी दिनु भयो ।

बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्न, खाना मन नपर्ने लगाएत समस्या छ, प्रधानाध्यापक बोहराले भन्नु भयो । गाउँ नजिक स्वास्थ्य संथा नहुदा उपचार गर्न एक दिन पैदल हिडेर प्रथामिक स्वास्थ्य केन्द्र दल्ली र पश्चिम रुकुमको आठबीसकोट राडिज्यु जानु पर्ने बाध्यता छ ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा औषधी नहुदा विरामीहरु निजी मेडिकलको महङ्गो औषधी किन्न वाध्य भएका छन् । भाइरल प्रभावित क्षेत्रमा औषधी सहित स्वास्थ्थकर्मी पठाउने तयारी भएको नलगाड स्वास्थ्य शाखा प्रमुख प्रचन्ड कार्कीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button