तपाईँ सुन्दै हुनुहुन्छः

जनताले रगत र पसिना बगाएर ल्याएको संविधान:मन्त्री थापा

काठमाडौ-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले जनताले रगत र पसिना बगाएर ल्याएको संविधान भएको बताउनुभएको छ ।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मन्त्री थापाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button