तपाईँ सुन्दै हुनुहुन्छः

संविधान अनुपम दस्तावेजः वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन ले आज काठमाडौमा आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा वरिष्ठ नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार भावना समावेश भएको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधानले बालबालिकाको मौलिक हकलाई समेत सुनिश्चित गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button