तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै

अच्युत अर्याल । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु चौथो अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो वैठकको अन्त्यमा अधिवेशन अन्त्य सम्वन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
बजेट अधिवेशनका रुपमा वैशाख १६ गतेबाट शुरु भएको यो अधिवेशनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भई पारित भएको थियो । यो अधिवेशन १४४ दिन कायम रहेकोमा ६० दिनमा ६५ पटक बैठक बसेको थियो ।

यस अधिवेशनमा प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकामा ७ वटा विधेयक सघीय ससदको दुवै सदनबाट पारित भइसकेका छन् । पाच वटा विधेयक सभामा प्रस्तुत हुन बाकी छन् । ४ वटा विधेयक सम्वन्धित समितिमा विचाराधीन छन् ।

राजश्व चुहावट अनुसान्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ ।

सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न विधेयक मध्ये ८ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ६ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइसकिएको छ र ३ वटा विधेयक सभामा प्रस्तुत हन बाँकी रहेको छ । राहदानी विधेयक, संघीय संसदको दुवै सदनबाट संशोधन सहित पारित भएको छ ।

त्यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ७ वटा विधेयक मध्ये २ वटा विधेयक सभाबाट पारित भइसकेको छ भने ५ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ ।

यसरी यस अधिवेशनमा संघीय संसदबाट कुल १८ वटा विधेयक पारित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button