२०७९ साल जेठ ३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू–१८ च्याम्पियनसिप शुक्रबार शुरु हुँदै

रेडियो नेपाल २०७६ असोज २ गते १८:२३

काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप शुक्रबार बाट काठमाडौंमा सुरु हुँदैछ । जसमा नेपालले पहिलो खेलमा शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेलको अघिल्लो दिन आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल उपाधि रक्षाको अभियानमा रहेको र त्यसका लागि पहिलो खेल देखिनै जित निकाल्ने लक्ष्यमा रहेको बताउनुभयो ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउसो तीन बजेबाट सुरु हुनेछ । नेपाली टिमको कप्तानी दया गुरुङले गर्देछन ।

उता अफगानिस्तानले पनि नेपाली टिम विरुद्ध अंक खोस्ने लक्ष्य रहेको बताएका छन ।

नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकले टिम निकै ब्यालेन्स रहेको र स्ट्राइकरमा मनिश डाँगी आएपछि टिम झन बलियो भएको बताउनुभयो । समुह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।

यसका साथै कार्यक्रममा ट्रफी पनि सार्वजनिक गरिएको थियो । सबै टिमका कप्तानले एकसाथ ट्रफी सार्वजनिक गरेका थिए ।

सम्बन्धित