तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य मन्त्रालयद्वारा नयाँ अनलाइन पोर्टल सञ्चालन

अर्जुन श्रेष्ठ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयात तथा निर्यातसम्बन्धी सम्पूर्ण सूचना तथा प्रक्रिया समेटिएको नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

नेपाल टे«ड इन्फर्मेसन अनलाईन पोर्टलको विहिबार सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम पारदर्शी र जवाफदेही बनाएर व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँबाट प्रदान गर्न अनलाईन पोर्टल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम रानाले नेपालले गरेको अन्तराष्ट्रिय सन्धि सम्झौता बमोजिम व्यापार सम्वद्ध सूचनालाई पारदर्शी बनाउन टे«ड पोर्टलको विकास गरिएको बताउनुभयो ।

पोर्टलमा वस्तु तथा सेवा आयात तथा निर्यात गर्दा अपनाउनु पर्ने प्रक्रिया, व्यापारिक र संस्था दर्तासम्बन्धी नीति नियम र प्रक्रिया लगायतका सम्पूर्ण जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button