तपाईँ सुन्दै हुनुहुन्छः

झापाको हल्दिबारीमा पनि फौजी किराको आतंक

भद्रपुर, झापा – झापाको हल्दिवारी गाउँपालिकामा फौजी किराले सयौंबिगाहा धानबाली नष्ट पारेको छ । हल्दिवारी गाउँपालिका ३ र ५ वडामा धानबाली फौजी नामक किराले खाएर नष्ट पारेपछि किसान चिन्तित बनेका छन् ।

हल्दिवारी ५ को सोडागान्धी र तीनधुरे क्षेत्रमा फौजी किराको प्रकोप बढी रहेको पीडित किसानहरुले बताएका छन् ।

फौजी किराले किसानको धानबाली नष्ट पारेको जानकारी पाउनासाथ अध्यक्ष रविन्द्र लिङदेनसहितको एक टोली प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरी किरा नियन्त्रणको प्रयास थालिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

गाउँपालिकाले गाउँपालिकाका प्राविधिकहरुको सहयोगमा किराको प्रकोप फैलिएको क्षेत्रमा ‘ब्याग डग’ नामक औषधि छर्किने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

यसअघि झापाकै कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रमा फौजी किराले ठूलो क्षेत्रफलको धानबालीमा नष्ट पुर्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button