तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वलाई लक्षित गर्दै सिमा क्षेत्रमा हेल्प डेस्क संचालन

बीरगंज – नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, तिहार, छट पर्व लगायत अन्य चाड पर्वहरुलाई मध्यनजर गरी सिमा क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरीले वीरगंज नाकामा आजबाट हेल्प डेस्क स्थापना गरेको छ ।

भारतमा रहेका नेपालीहरु चाडपर्व मनाउन आउने क्रम शुरु भएसँगै सिमा क्षेत्रमा हुने अपराधी गतिविधि तथा चाडपर्वको बेला हुने चोरी, लुटपाट, ठगी, तस्करी, हात हतियार, बिष्फोटक पदार्थ लागुऔषध ओसार पसार तथा अन्य अपराधजन्य क्रियाकलापहरुलाई नियन्त्रण गर्न तथा सर्वसाधारण जनताको गुनासो सुनुवाई गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मका गुल्मपति अमर बहादुर खत्रीले बताउनुभयो ।

यसैविच सशस्त्र प्रहरीले आज आफन्तलाई जानकारी नगराई घरबाट भागेर हिडेका २०÷२१ बर्षका युवा, युवतीको एक जोडीलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीलाई बुझाएको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button