तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा   

काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उहाँलाई बुधबार नियन्त्रणमा लिएको हो ।

उहाँलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।

यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित नियन्त्रणमा लिएको छ । जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप उहाँमाथि लागेको छ ।

आरोपी जोशीलाई बुधबार पक्राउ गरिएको भए पनि आयोगले आज सार्वजनिक गरेको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button