तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयको भवन निर्माणका लागि जग सम्याउदा बस्ती जोखिममा

पर्वत– पर्वतको मोदी गाउँपालिकामा एउटा बस्ती विद्यालयको भवन निर्माण गर्न जग सम्माउँदा जोखिममा परेको छ ।

नवजागृत मावि मोदी गाउँपालिका ६ तिलाहारको भवन बनाउन बस्ती तलको चौर सम्याउँदा पहिरोको रुपमा लिएको छ । यहाँका ५ घर अहिले पहिरोको प्रत्यक्ष मारमा परेका छन् भने अरु १५ परिवार पनि त्रसित भएका छन् ।

बर्खामा स्थानियले पहिरोको त्रासले प्लाष्टिकले जमिन ढाकेर राखेका छन् । आकासको पानी जमिनमा पर्दा पहिरो आउने खतराले जमिन प्लाष्टिकले ढाक्नुपरेको स्थानीय पदमनाथ जिसीले जानकारी दिनुभयो । वडा कार्यालयले दिएको टनेल बनाउन दिएको प्लाष्टिकले जमिन ढाकेर समस्याको समाधान गर्नुपरेको जिसीले बताउनुभयो ।

विद्यालयले दुई कोठा विज्ञान प्रयोगशाला र कम्प्युटर हललाई वस्तीको तल भवन निमार्ण गर्न थालेको छ । डोजर लगाएर खनेको स्थानमा पक्कि पर्खाल नहुँदा पहिरो आउने जोखिम रहेको स्थानीय दिनेश जिसीले गुनासो गर्नुभयो । भवन बनाउन थालेको विद्यालयले जग्गाको विषयमा वडा कार्यालयको पनि सुझाव लिएको छैन । पूर्व साबधानी नअपनाउँदा वर्खाको समय स्थानीय रातभर जाग्राम बस्नुपर्ने स्थीति निम्तिएको हो । मापदण्ड पुरा नभई विद्यालयले भवन निर्माण गर्दा वस्ती जोखिममा परेको जिसीले गुनासो गर्नुभयो ।

जग्गा चक्लाउँदा डोजरले भित्ता खन्दा असर पर्न गएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुवेदीले बताए । निर्माण समिति,विद्यालय प्रसासन र स्थानीय समुदायले बस्ती संरक्षणका लागि योजना बनाएको सुबेदीले जानकारी दिनुभयो ।

विद्यालयको भवन बनाउने ठेक्का देखि सबै कार्य एकलौटी गरेको भन्दै पीडित समूदाय विद्यालयले राहात दिनेमा आशंका रहेको बताउँछन् । विगतदेखि नै उपभोक्ता समितिले यो नमुना विद्यालयको सुचीमा परेको विद्यालय निर्माणको टेण्डर प्रक्रियामै खोट रहेको भन्दै बिरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button