२०७८ साल साउन १२ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

रेडियो नेपाल २०७६ असोज २ गते १३:४८

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गर्नुभएको छ । साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो ।

पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बनधलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ । ”

करिब ३० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।

सम्बन्धित