तपाईँ सुन्दै हुनुहुन्छः

जनताले अनुभुति गर्ने गरी बिकास निमार्णका कामले गति लिन्छ : मन्त्री बाँस्कोटा

विराटनगर– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजनीतिक लडाई सकिएकाले अब मुलुकमा  निमार्णको महा–अभियान शुरु भएको बताउनु भएको छ ।

गोरखापत्र पुर्वक्षेत्र विराटनगर प्रकाशनको आज विराटनगरमा शुभारम्भ गर्नुहुुदँै मन्त्री बाँस्कोटाले सिङ्गो नेपाललाई नया नेपाल बनाउने यात्रा तय भइसकेकाले अब जनताले अनुभुति गर्ने गरी बिकास निमार्णका कामले गति लिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले जनतलाई केन्द्र विन्दु मानेर सबै क्षेत्रमा विकास निमार्णको यात्रा प्रारम्भ गरि सकेको बताउनुभयो । उहाँले अब उत्तपादन बृद्धिशिलताको लडाई तर्फ हामी सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले पुर्वमा गोरखा पत्र संस्थानको स्थापना तथा चाँडै नेपाल टेलिभिजन र रेडियो नेपालको तराणी प्रसाद कोइराल संचार ग्रामको स्थापना हुनु यो पनि विकासको सुचकका भएको बताउनुभयो ।

बिराटनगर सबैका लागि चेतना छर्ने ठाउ भएको र यहि ठाउबाट रेडियो नेपालको प्रजातन्त्रिक रेडियोको आवाज जनताले सुन्न पाएकाले यहिबाट मजदुर आन्दोलन भएकाले यस ठाउको छुटै महत्व रहेको उहाँले बताउनुभयो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र हो लोकतन्त्रमा सबै अटाउन सकिने तर लोकतन्त्र विरोधी प्रतिगामी र पुर्न उत्थानवादीको लोकतन्त्रमा कुनै ठाउ नभएको उहाले बताउनुभयो । उहाले नेपाल लोकतन्त्र प्रणाली र राजनीति प्रणाली स्थापित भई सकेकाले अब कुनै तन्त्र र कुनै बाद आवश्यक छैन र हामी कुनै गन्तव्य तिर अलमल्नि पर्दैन भन्नुभयो । उहाले गोरखापत्र नेपालको इतिहास हो, नेपालको प्रेस जगतको यात्रापनि गोरखापत्रको स्थापना पछि शुरु भएकाले गोरखापत्रले सरकारको नभई जनताको राष्ट्रको मुखपत्र हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले यसवर्ष नेपाल सरकारले संविधान दिवको दशैँ  तिहार जस्तै राष्ट्रिय चाडको रुपमा मनाउन लागकाले उहाले बताउनुभयो ।

संविधान दिबसको अवसर पारेर प्रदेश न १ र २ का लागि भोलिदेखि बिराटनगरबाट गोरखापत्र प्रकाशित हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button