तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं – सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार भएको घोषणा टोलीमा ३ युवा खेलाडीलाई पहिलो पटक मौका दिईएको छ । 

घोषणा टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्ललेले पनि उमेर समुहमा राम्रो प्रभाव छाडेका छन् ।इशान पाण्डेले गत जेठमा प्रधानमन्त्र एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । कुशल र इशान दुबै देबे हाते खेलाडी हुन् ।

घोषणा टोलीमा गत महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा रहेका वसन्त रेग्मी,शरद भेषवाकर,ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरी टोलीमा छैनन् । युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली टोलीमा आरिफ शेख,सन्दीप जोरा र सुसन भारीले पुनरागमन गरेका छन् ।

नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि२० सिरिज खेल्ने छ । जसमा ओमान सहित नेपाल,हङकङ,नेदरल्यान्ड,आयरल्यान्ड छन् ।

 

सिंगापुर र ओमान सिरिजको लागि नेपालको १५ सदस्य टोली
१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button