तपाईँ सुन्दै हुनुहुन्छः

डेंगुको तथ्यांक सार्वजनिक : ६७ जिल्लाका ७ हजार ३ सय ७० संक्रमित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट डेंगु प्रभावितहरुको तथ्यांक सार्वजनिक गरेको छ ।

हालै सार्वजनिक गरिएको तथ्यांक अनुशार डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिए महाशाखाले जनाएको छ । जहाँ ९५६ जना संक्रमित छन् ।

         यस्तो छ महाशाखाको तथ्यांक

प्रतिक्रिया राख्नुहोस्

Back to top button