तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठकः तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तीनवटै विधेकलाई पारित गर्नुपूर्व बैठकमा दफावार छलफल भई छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भोली दिउसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button