तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको दोस्रो बैठक: दुई विधेयक स्वीकृत, एक समितिमा 

काठमाडौँ –  प्रतिनिधिसभाको आजको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिनुभएन ।

मन्त्री बस्नेतले नै प्रस्तुत गर्नुभएको ‘वन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो । प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई कार्यान्वयन गर्ने व्यवस्था हुन नसकेको बताउनुभएको थियो ।

मन्त्री बस्नेतले समृद्धिको माध्यम वन हुनुपर्छ भन्ने सोचका साथ विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत ग¥यो । प्रतिनिधिसभाको अर्को बैठक असोज २ गते बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी स्थगित भएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button