तपाईँ सुन्दै हुनुहुन्छः

यू–१८ फुटबलका लागि भुटानको टिम काठमाडौंमा

अजय बम । साफ यू–१८ फुटबल च्याम्पियनसिपका लागि भुटानको टिम काठमाडौं आइपुगेको छ ।

शुक्रबारबाट सुरु हुने प्रतियोगिताका लागि भुटानको टिम बुधबार काठमाडौं आइपुगेको हो । २९ तारिखसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।

माल्दिभ्स टिम यसअघि नै नेपाल आइपुगेको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल र भुटान एकै समुहमा रहेका छन ।

यसका साथै यो समुहमा अर्को टिम माल्दिभ्स पनि रहेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेलमा २२ तारिखमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको समुह बी मा बंगलादेश, भारत र श्रीलंका रहेका छन । दुबै समुहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । नेपाल यसअघि दुई पटक यो प्रतियोगिताको उपाधि जितिसकेको टिम हो ।

प्रतियोगितामा नेपाली टिमको कप्तानमा जय गुरुङ चयन भएका छन् । यसअघि यू–१८ टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिता खेल्ने २३ जनाको सूची मंगलबार सार्वजनिक गरेका थिए ।

नेपाली टिमको मिडफिल्डरको रुपमा भूमिकामा हुने जयालाई टिमको कप्तान पनि बनाइएको हो । जयले यसअघि ब्रिगेड व्वाईज क्लबको पनि कप्तानी गरेकाले अनुभव काम लाग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button