जितिया पर्वका अवसरमा शुभकामना आदान प्रदान
जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रको निक्कै कठोर ब्रतको रुपमा रहेको जितिया पर्वको उपलक्ष्यमा राष्ट्रिय जनता पार्टी महिला संघले आज जनकपुरधाममा जितिया शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा महिलाहरुले व्यापक सहभासगताको बीचमा भएको कार्यक्रममा महिलाहरुले जितिया पर्वको महत्व माथि प्रकाश पर्दै यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताउनु भएको थियो ।
खास गरेर निक्कै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थयको कामना सहित गर्ने चलन रहेको छ ।
कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख तथा राजपा नेत्री रिता कुमारी मिश्रले जितिया पर्व निक्कै कठोर पर्वको रुपमा रहेको बताउदै यस पर्वमा मधेशका महिलाहरुलाई सरकारले सार्वजनिक विदा दिनु पर्ने धारणा राख्नुभयो ।
राजपाका प्रदेश नंं २ का प्रमुख सचेतक परमेश्वर साहले जितिया पर्वको महत्व परापूर्व कालदेखि नै भएपनि यसको प्रचार प्रसार कमै मात्रामा हुने गरेको थियो । उहाले अहिले आएर प्रचार प्रसार बढेको बताउदै पर्व गर्ने सवै महिलाहरुलाई शुभकामना दिनुभयो ।
सो अवसरमा महिलाहरुले विभिन्न प्रकारको गीत संगित, नृत्य प्रस्तुत गर्नुका साथै विद्यालयका छात्र छात्राहरुले विभिन्न प्रकारको गिती नाटक मञ्चन गरेका थिए । कार्यक्रममा महिला नेत्रीहरु विन्दु ठाकुर, पुनम झा, अर्चना कर्ण, विभा ठाकुर, विभा पाण्डे, राजपाका नेता ज्ञानेन्द्र झा, संजय सिंह, प्रमोद यादव सहितकाले शुभकामना दिनु भएको थियो ।
दुई दिनको कठोर ब्रत जितिया अन्तर्गत ब्रतिहरुले भोली विहिवार नहा खा गर्ने चलन रहेको छ । शुक्रवार विहान अबेर राति नै ओठगन अथात् दही च्युरा खाएर ब्रतको शुभारम्भ गर्ने शुक्रवार दिनचरि र रातभरि तथा शनिवार दिउँसो तीन बजे तीर पर्वको समापन गर्ने कार्यक्रम रहेको छ । यस पर्वमा कतिपय महिलाहरुले जल पनि सेवना गर्ने गरेका छैन ।
विहिवार नहा खा का दिन ब्रतिले कोदोको रोटी र माछा खाने चलन रहेको छ । कतिपयले साकाहारी खाने कुरा खाने गरेका छन् । अरु ब्रतमा नहा खा का दिन शुद्ध खाने कुरा खाए पनि यस पर्वमा सधवा महिलाहरुले कोदाको रोटी तथा माछा खाने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्