तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवस भब्य रुपमा मनाउन प्रदेश सरकारको आह्वान

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले संबिधान दिवस भब्य रुपमा मनाउन प्रदेशवासीमा आह्वान गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले संबिधान दिवस भब्य रुपमा मनाउन आह्वान गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित्त प्रमुख सचिव अर्जुन पोखरेलले असोज २, ३ र ४ गते संबिधान दिवस भब्यताका साथ मनाइने तयारी भएको जानकारी दिनुभयो ।

सविधान दिवस भब्य रुपमा मनाउनका लागी मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस प्रदेश मूल समारोह समिति गठन गरिएको उहाले बताउनुभयो ।

संबिधान दिवसका अवसरमा असोज २, ३ र ४ गते सरकारी कार्यालयमा दिपावली गर्ने, धनगढीमा प्रभातफेरी गर्ने, बृक्षारोपण, सरसफाई जस्ता कार्यक्रम आयोजना गरिने बताइएकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button