तपाईँ सुन्दै हुनुहुन्छः

लगातार वर्षाका कारण जनजीवन प्रभावित

जनकपुरधाम मंगलबारदेखि लगातार रुपमा परेको वर्षाका कारणले प्रदेश नंं २ को धनुषा, महोत्तरी, सलाही, सिरहा सहितको जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

यसका साथै धनुषाको कमला तथा महोत्तरीको विगही एवं सर्लाहीको वागमतिसहितको नदिहरुमा पानीको बहाव बढ्न थालेपछि नदि आसपासका बासिन्दा त्रसित बनेका छन् । नदिहरुमा पानीको बहाव बढेको भए पनि अहिलेसम्म खतराको विन्दुमा नपुगेको प्रदेश नं २ का प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लगातार रुपमा परेको वर्षाका कारणले जनकपुरधामका कतिपय वडाहरुमा पानी जमेका कारणले सर्वसाधारणलाई आवत–जावतमा कठिनाई उत्पन्न भएको छ । लगातार रुपमा परेको वर्षाका कारणले विद्यालयहरुको पठन पाठन प्रभावित भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १, २, ४, ७, ८ का कतिपय व्यक्तिको घर आङ्गनमा लगातारको वर्षाका कारणले पानी जमेको छ । लगातार रुपमा परेको वर्षा अझै जारी रहेको खण्डमा थप व्यक्तिको घर आङ्गनमा पानी पस्ने सम्भावना रहेको छ ।

अत्यधिक वर्षाका कारणले जनकपुर–जलेश्वर, जनकपुर–यदुकोहा, जनकपुर–लाहारपट्टी सडक खण्डमा फेरि पनि यातायात सेवा प्रभावित भएको छ । खास गरेर वर्षाको पानी जलेश्वरको खैरा चौकमा सडक माथिवाट बग्न थालेपछि यातायात सेवा प्रभावित बनेको छ ।

लगातारको वर्षाले धानलाई निक्कै लाभ पुगेको छ । वर्षा नभएका कारणले खडेरीले डढ्न थालेको धानहरु विगत केही दिनको वर्षाले पुनः हरियो बनेको छ भने चीरापरेको खेतमा पानी भरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button