तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरवार भित्रै बन्ने भयो संसद भवन : प्रधानमन्त्रीबाट आज शिल्यान्यास हुँदै

काठमाडौं । सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलान्यास गर्नुहुनेछ । सिंहदरबारको पुतली बगैंचामा निर्माण हुन लागेको संसद् भवनको आज बिहान ११ः३० बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यसूची रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम काम नलाग्ने भएपछि संसद् भवनका लागि अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिइदै आइएको हो ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन निर्माण सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button