तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको आज शिलान्यास हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलान्यास गर्ने छन्।

सिंहदरबारको पुतली बगैंचामा निर्माण हुन लागेको संसद् भवनको आज बिहान ११ः३० बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यसूची रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ। लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ। सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम काम नलाग्ने भएपछि संसद् भवनका लागि अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिइदै आइएको हो।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ। मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन निर्माण सम्पन्न हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button