तुलसी सापकोटा । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालमा अन्तरराष्ट्रिय लगानीका लागि उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भएको छ ।
सिंहदरबारमा आज पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको विश्वको वर्तमान अवस्था र नेपालको भविष्य विषयक अन्तरराष्ट्रिय गोष्ठीमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल लगानीका लागि उर्वर भूमि भएको बताउनु भयो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा विदेशी लगानीको अवस्था र लगानीका लागि वनिरहेको वातावारणका विषयमा जानकारी गराउनु भएको थियो ।