तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा ओखरखेती विस्तार गरिने

दार्चुला । दार्चुला जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो ।

स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ ।

उक्त स्थानीय तहमा स्याउखेती नहुने भएपछि ओखरखेती प्रवर्द्धन गरिन लागेको हो । विगतदेखि सो क्षेत्रमा ओखरखेती हुँदै आएको छ ।

ओखरमा आत्मनिर्भर बनाउन परियोजनामार्फत ओखरखेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखरखेती गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button