तपाईँ सुन्दै हुनुहुन्छः

विरौटाचोकमा किसान बजार सञ्चालन

पोखरा । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा मंगलबारदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो ।

महानगरमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो संरचना निर्माणका लागि पोखरा महानगरपालिकाले दश लाख उपलब्ध गराएको थियो ।

महानगरप्रमुख मानबहादुर जिसीले कृषिको उत्पादन र बजारीकरणलाई जोडने लक्षयका साथ यस्तो बजार सञ्चालनमा ल्याइएको बताउँदै यसबाट उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगर कृषि तथा पशुविकास महाशाखाका प्रमुख मनोहर कडरियाले महानगरपालिकाका विभिन्न पाँच स्थानमा बजार स्थापना गर्न एक करोड रकम विनियोजन गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button