तपाईँ सुन्दै हुनुहुन्छः

उछृङ्खल गतिविधिले समाज भड्काउने खतरा:मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले समाजलाई भड्काउने खालका उछृङ्खल खालका गतिविधि हनु थालेको बताउनु भएको हो  ।

मन्त्री भट्टराईले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञसभा उद्घाटन गर्दै त्यस्ता गतिविधि रोक्नु पर्ने बताउनुभयो । अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ’ उहाँले भन्नुभयो, ‘समाजलाई भड्काउने खालका उछृङखल गतिविधि देखिन थालेका छन् । त्यस्ता गतिविधि रोक्नु आवश्यक छ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button