तपाईँ सुन्दै हुनुहुन्छः

झरीले गर्दा त्रिभुवन विमानस्थलमा अवतरण ठप्प

काठमाण्डौ । सोमबार राातिदेखिको झरीले काठमाण्डाैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या भएको छ ।

मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प रहेको छ । जहाज उडान भैरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

मौसम खराब हुँदा सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेका ८ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button