तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी आमा चित्रकुमारी रेग्मीको निधन भएको छ ।

९० वर्षीया चित्रकुमारीको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका सोमबार राति निधन भएको हो । चित्रकुमारी केही समयदेखि मुटुसमस्याले ग्रस्त हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई सोमबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको ३ छोरा र ४ छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button