तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा बागलुङ सडक खण्ड पहिरोले अवरुद्ध

पर्वत-मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । सोमबार साँझ  देखि परेको अविरल बर्षाका कारण पहिरो आउँदा बिहान ३ बजेदेखि सडकमा आवतजावत बन्द भएको हो ।
सडक खुलाउने प्रयास भैरहेको लोकमार्ग आयोजना कार्यलय पर्वतले जानकारी दिएको छ । कास्किको नयाँपुल, पर्वतको भ्याप्लेखोला र अर्मादिमा पहिरो झरेको छ । भ्याप्लेखोला र अर्मादिको पहिरो पन्छाएपनी नयाँपुलको पहिरो हटाउने काम भैरहेको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
अहिलेपनी पहिरो हटाउने काम भैरहेको र करिब दुई घण्टामा सडक खुल्ने पौडेलले बताउनुभयो । लोकमार्गको कास्की र पर्वत खण्डमा पहिरोका कारण लामो तथा छोटो दुरि का सवारीसाधन बाटोमै रोकिएका छ्न । पहिरोले बिधुतको पोल ढलेको हुनाले पर्वत, बागलुङ र म्याग्दिमा बिहानैदेखी बिधुत समेत अबरुद्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button