तपाईँ सुन्दै हुनुहुन्छः

पारमाणविक विधेयकमा मन्त्रालयको थप संशोधन

काठमाडौं शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपुर्ण प्रयोगको सम्वन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ लाई संशोधन गरी प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिलाई बुझाएको छ ।

संशोधित विधेयकको नाम रेडियोधर्मी पदार्थको नियमन गर्न बनेको विधेयक २०७५ रहेको छ ।

समितिको सिंहदरवारमा आज बसेको बैठकले समितिका सदस्यहरु र विज्ञहरुसँगको व्यापक छलफल र सुझावसँगै अन्तर्राष्ट्रिय अभ्यासलाईसमेत ध्यानमा राख्दै दफाबार छलफलबाट विधेयक टुंग्याउनुपर्नेमा समितिका सदस्यहरुको जोड थियो ।

विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समितिले दिएका सुझाव अनुसार विधेयक अघि बढाईने बताउनुहुँदै संशोधित विधेयक ल्याउदै गर्दा रेडियोधर्मी पदार्थको सुरक्षा एवं प्रयोगका लागि यस सम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्न पनि आवश्यक रहेको समितिलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button