तपाईँ सुन्दै हुनुहुन्छः

संघिय निजामति सेवा गठन गर्न बनेको बिधेयकको मस्यौदा माथि छलफल

फाइल तस्बिर

काठमाडौँ – राज्य व्यवस्था समितिको आजको बैठकमा संघिय निजामति सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिबेदन माथि छलफल भएको छ ।

बैठकमा सांसद पम्फा भुसालले रिक्त पद माग गर्ने प्रक्रियालाई बिलम्ब गर्ने अधिकारी कारबाहीको भागिदार बन्नु पर्ने धारणा राख्नुभयो ।

सांसद दिलेन्द्र प्रसाद बडुले पद रिक्त हुने बित्तिकै पदपुर्तिका लागि आवश्यक व्यवस्था गर्ने गरी नियमावली बनाउनु पर्ने सुझाव दिनुभयो ।

समितिका सभापति शशी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित हुनुहुन्थ्यो भने मन्त्रालयका बरिष्ठ अधिकारीहरुले सांसदहरुले राख्नु भएको सुझाव र जिज्ञासामा मन्त्रालयको धारणा स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button