२०७८ साल साउन ११ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीपको टिम बार्बाडोस पराजित

रेडियो नेपाल २०७६ भदौ ३० गते ११:०२

काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो ।

किङ्सटनमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । जमैकाको जितमा कप्तान चाडविक वाल्टन अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ग्लेन फिलिप्सले २८ रन जोड्दा जाभिले ग्लेनले २७ रन बनाए । क्रिस गेलले २२ रन बनाए ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २/२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । योसंगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

बार्बाडोसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाए । त्यस्तै लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले १२/१२ रन बनाए । सन्दीपले अविजित रहदै १० रन बनाए ।

जमैकाका जाहिर खानले ३ विकेट लिए । यस्तै जर्ज वर्कर र रामेल लेविसले २/२ विकेट लिए ।

जितसंगै जमैकाले पहिलो जित निकालेको छ । जमैकाले ५ खेलमा २ अंक जोडेको छ । जमैका पुछारमा छ ।

बार्बाडोसको यो दोस्रो हार हो । बार्बाडोसले ३ खेलमा २ अंक जोडेको छ । बार्बाडोस पाँचौ स्थानमा छ ।

सम्बन्धित