तपाईँ सुन्दै हुनुहुन्छः

बाल दिवसको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त

 

मकवानपुर –  बाल दिवसको अवसरमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । यो बर्ष “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नारा रहेको छ ।

मुख्यमन्त्री पौडेलले आईतबार एक सन्देश जारी गर्दै बाल बालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रम शोषण र  दुर्व्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत र जागरुक रहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ”नेपालको संविधान, २०७२ को धारा ३९ ले बालबालिका सम्बन्धि ब्यवस्था गरेको छ । संविधानतः प्रत्येक बाल बालिकालाई परिवार तथा राज्यबाट शिक्षा,  स्वास्थ्य,  पालन पोषण,  उचित स्याहार,  खेलकुद,  मनोरञ्जन तथा सर्र्वािगण ब्यक्तित्व विकासको हकलाई प्रत्याभुति गरिसकिएको छ ।अब यि ब्यवस्थाहरुलाई दृढतापुर्वक कार्यान्वयनको आवश्यकता छ । अझै पनि हजारौ बालबालिका विद्यालय बाहिरै छन् । हजारौं बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् । उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रम सहित लागिपरेको छ ।”

विद्यालय भर्ना अभियान,  अनाथ एवम् असहाय बाल बालिकाको अभिभावकत्व ग्रहण, माध्यामिक तहसम्म निशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहन लगायतका कार्यक्रमहरु मार्फत बाल अधिकारको सुनिश्चिता गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, संघसंस्था सबैको हातेमालो जरुरी रहेको उहाँको भनाइ छ ।

बालअधिकारको सुनिश्चिताको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सम्पुर्ण कदमहरु अघि बढाईनेसमेत मुख्यमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button