२०७९ साल जेठ ९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोलीबाट ९ प्रहरी मारिए

रेडियो नेपाल २०७६ भदौ २९ गते १३:५६

काबुल, अफगानिस्तान। अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गो*ली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ ।

घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन् । यद्यपी यो घटना पहिलो भने होइन ।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो । गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना पटकपटक दोहोरिने गरेका छन् ।

सम्बन्धित