तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य आज पनि घट्यो, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं ।साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तोलाको ७३ हजार भन्दा माथि पुगेको सुनको मूल्य पछिल्लो समय लागातार गिरावट आएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button