तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला–रारा अल्ट्रा म्याराथनमा पाँच सय खेलाडी सहभागी

जुम्ला ।  जुम्लामा दोस्रो पटक आयोजना गरिएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा पाँच सय जनाले सहभागिता जनाएका छन् । कर्णाली स्पोट्स क्लव जुम्लाको आयोजनामा आयोजना गरिएको म्याराथनमा स्थानीय, राष्टिय तथा अन्तराष्टिय खेलाडी सहभागि भएका हुन् ।

जुम्लाको चन्दननाथदेखि कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा तालसम्मको ४९ किलोमिटर, ५ किलोमिटर र १ किलोमिटर दौड प्रतियोगितामा देश तथा विदेशका पाँच सयले सहभागिता जनाउनुर्भको क्लवका अध्यक्ष सरोज शाहीले जनाकारी दिनुभयो । ४९ किलोमिटरमा ६३ जनाले सहभागिता जनाएका थिए भने पाँच किलोमिटरमा ५० जना र १ किलोमिटरमा २५ जना लगायत अन्य गरी पाँच सयको सहभागिता रहेको शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताको ५ किलोमिटर दौड प्रतियोगिताको उपाधी महोत्तरीका नारायाण कुमार कुशवाहाले ज्निुभएको छ । यस्तै जुम्लाका विकास बुढा दोस्रो, जुम्ला कै कविन्द्र बुढा तृतिय र प्रेम रावतले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । महिला तर्फ जुम्लाकी हिमाली शाही प्रथम हुनुभयो भने निशा पाण्डे दोस्रो, अन्जना लामाले तेस्रो र अस्मिता सुनारले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

यस्तै एक किलो मिटरको दौड प्रतियोगितामा महिलातर्फ निरु रावत प्रथम, मन्जिता ऐडी दोस्रो र अष्मी भण्डारीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
यस्तै एक किलोमिटर पुरुषतर्फ नारायण रावत, दोस्रो लक्ष्मण जिसी र तेस्रोमा नरेश बुढा हुन सफल हुनुभयो । विजयी सबैलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले पुरस्कार वितरण गर्नुभयो ।

खेलाडीलाई मेडल, प्रमाण पत्र वितरण गरिएको छ । यस पटकको ४९ किलोमिटर तर्फको प्रतियोगितामा आयरल्याण्डका जिम्नी वस्टेन, डेनमार्कका स्टिना, बेलायतका अल्टन, बरस्विकको सहभागिता रहेको छ भने भारतका ५२ वर्षीय धावक जगदिश यादव र २५ वर्षीय कुलद्धिप चौधरले सहभागिता जनाउनुभएको छ ।
जुम्ला रारा अल्टा म्याराथन नेपाल टेल रेस सिरिजको सेमिफाईलन प्रतियोगिता हो । महिला र पुरुष तर्फको प्रतियोगितामा उत्कृष्ट ६ जनाले फाईनल प्रतियोगितामा सहभागिता जनाउने छन् । भोली मुगुस्थित रारा तालमा पुुरस्कार वितरण गरिने छ । प्रथम,द्धितीय र तितृय हुने खेलाडीले ७५ हजार, ५० हजार र २५ हजार पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button