तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंमा जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकीलाई ३– १ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धाताम्क खेलमा पहिलो दुई सेट २५–१९ र २५–२१ को अन्तरले जितेको आर्मीले तेस्रो सेट भने १९–२५ ले गुमायो ।

त्यसपछि चौथो सेट २५–१७ ले जित हात पार्दै आर्मी फाइनल प्रवेश गरेको हो ।

नेपाल पुलिस र एपीएफबिचको दोस्रो सेमिफाइनल खेल भने आईतबार हुने भएको छ ।

उपाधि विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button