तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक कमिटिको अध्यक्षमा चार वर्षेको लागि पुनः जीवनराम

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट अध्यक्षमा जीवनराम श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले हराए ।कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए  । उमेशलालले १० मत प्राप्त गरे ।

 

यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेज बहादुर गुरुङ (२०), अशोक राज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द बैद्य (२२) मतसहित विजयी भए ।

पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए । पुष्प र राजिबले समान ११/११ मत प्राप्त गर्दा अन्सारीले १२ मत ल्याए । पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए  । श्रेष्ठले १५ मत ल्याएर विजयी भए  । श्रेष्ठले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि बनाए । लाखेले १२ मत ल्याए ।

सचिवमा रामजी श्रेष्ठ (१८), दिपक हर्ष वज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भए ।

३ सचिवका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव केशब कुमार बिष्ट १७ मत ल्याएर  पराजित भए ।

 

उप-महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भए ।

सदस्यमा रमेश प्रसाद सिवाकोटी (२६), राम अवाले (२०), प्रकाश शमशेर राणा (२६), गोपाल सुन्दर लाल कक्षपति (२६), टाँसी घले (२४), होम बहादुर दोङ (२५) र दिर्ग बहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भए ।

७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेपाल भलिबल संघका अध्यक्ष मनोरंजन रमण शर्मा पराजित भए । उनले ९ मत प्राप्त गरे ।

 

एनओसीको विज्ञप्ति :

प्रतिक्रिया राख्नुहोस्

Back to top button