तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षालाई सिप, सिपलाई श्रम र श्रमलाई उपयोगितासंग जोडेर हिड्नुपर्ने : मन्त्री पोखरेल

मकवानपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उपयोगितासंग जोडेर हिड्नुपर्ने बताउनु भएको छ ।

नेकपा पार्टी कार्यालय हेटौडामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले मकवानपुरको चित्लाङमा २ वर्ष भित्र पिएचडी सम्मको अध्यापन हुने मदन भण्डारि साइन्स एण्ड टेक्नोलोजि विश्वविद्यालय बनाउने घोषणा गर्नुभयो । हाल देशमा ३६ हजार शिक्षकको आवस्यकता रहेको जानकारी गराउदै मन्त्री पोखरेलले विश्वविधालयहरूको ऐेन संशोधन नभएसम्म शिक्षा नीति टुङ्ग्याउन समस्या भएको बताउनुभयो ।

मन्त्रि पोखरेलले अवको केही समयमै पार्टी भित्र सहमतिको पद्दतिको आधारमा महाधिवेशन गर्ने तयारी रहेको भन्दै पार्टीलाई व्यवस्थित गर्न सकिएन भने वामपन्थि धेरै समय नटिक्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button