तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानाध्यापक सहित ६ जना १ लाख घुस सहित पक्राउ

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ बीरगंजबाट १ लाख रुपैया घुस बापतको रकम सहित रंगेहात एक बिद्यालयका प्रधानाध्यपक सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगंज महानगरपालीका वडा नम्बर ३१ बेल्वाप्रसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापर सहित बिद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउपालीका वडा नम्बर १ निवासी मनिर मियाँ, सोही बिद्यालयका शिक्षक जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १० का सुरेश महतो, बिद्यालय व्यबस्थापन समितिका सदस्यहरु बीरगंज ३१ बेलवाका ईलियाज मिया अन्सारी,स्थानिय जमिल मिया र नजमुद्धिन देवान रहेका छन् ।

बिद्यालयले गणित शिक्षकको लागी करारमा शिक्षक नियुक्ती गर्न निकालेको विज्ञापनमा शिक्षक नियुक्तिकालागि १ लाख रुपैया घुस मागेको र सेवाग्राहीले घुस दिईरहेको अबस्थामा अख्तियारको टोलीले बीरगंजको घण्टाघर स्थित एक चिया पसलबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका अधिकृत नर बहादुर चन्दले बताउनुभयो ।

पक्राउ परेका प्रधानाध्यापक सहित ६ जनाको टोलीलाई थप कार्वाहीकालागी आजै साँझ हेटौडा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button