तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकता दूरगामी सोचले गरिएको होः अध्यक्ष प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ ।

इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा आज अध्यक्ष प्रचण्डले एकता असल नेता र नेतृत्व शैलीबाट मात्र सम्भव हुने भन्नुहुँदै त्यो सबै मिलेकै कारण मात्र दुई पार्टीबीचको एकता सम्भव भएको बताउनुभयो ।

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको भावनानुसार एकता भएको बताउनुभयो ।

उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभा समेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button