२०७९ साल जेठ ३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक कमिटीको चुनावी साधारणसभा शनिबार

रेडियो नेपाल २०७६ भदौ २७ गते १८:०२

अजय बम । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि शनिबार चुनावी साधारणसभा हुँदैछ ।

यसपटकको अध्यक्षका लागि यसअघिका उम्मेदवार जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ नै चुनावी मैदानमा उत्रिनु भएको छ ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबार ओलम्पिकको चुनाव हुँदैछ ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदाता मध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना उप महासचिवमा निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

सम्बन्धित