काभ्रे –सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवश्यकता र चाहनाअनुसार विकासका काम अघि बढाउन सरकार सँधै क्रियाशील रहने बताउनुभएको छ ।
काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर २ मा पर्ने रविओपीमा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सडक, सिचाईं, सञ्चार जस्ता सुविधासँगै अरुखाले विकासले गति लिने धारणा राख्नुभयो ।
जुनसुकै काम थाल्नुअघि स्थानीय बासिन्दाको माग र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने मन्त्री बाँस्कोटाको सुझाव छ ।
मन्त्री बाँस्कोटाले आजै रविओपी पाँचखाल सडकको डुँडामुख खण्ड र लुभु–लामाटार– पनौती नमोवुद्ध सडकको पनि शिलान्यास गर्नुभयो ।