२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा पहिरोमा पुरिएर २ को मृत्यु, ४ जना बेपत्ता

ओपेन्द्र बस्नेत २०७६ भदौ २७ गते ११:२७

तुलसीपुर । रोल्पामा पहिरोमा पुरीएर २ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । थबाङ गाउँपालिका छेर्लामा कमल बुढाको घर गएराती पहिरोले पुरिएको थियो ।

पहिराबोट २७ बर्षकी शीर कुमारी बुढा र उनका ४ चार बर्षका छोरा असल बुढाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो  । पहिरोमा अझै ४ जना पुरिएको हनु सक्ने प्रहरीले आंका गरेको छ । पहिरो गएको घरमा ६ जना बस्दै आएका थिए ।

‘एक बजे राती ठूलो आवाज आएको स्थानीयले सुनेछन्,’ प्रनाउ गुरुङले भने–‘ प्रहरीलाई भने विहान जानकारी आएपछि प्रहरी अहिले घटनास्थलमा पुगेर उद्धारमा लागेको छ ।’ उद्धार कार्यक्रमा थबाङ, डाडाँगाउँ, कुरेलीबाट गएको प्रहरी टोली र स्थानीयहरु जुटेका छन् । विकट ठाउँ भएकाले सम्पर्कमा कठिनाई भइरहेको प्रहरीले बताएको छ । पहिरो ठूलो गएकाले पन्छाउन केही समय लाग्ने भएको छ ।

सम्बन्धित