तपाईँ सुन्दै हुनुहुन्छः

आज इन्द्रजात्रा पर्व !उपत्यकामा सार्वजनिक विदा

काठमाण्डौ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गर्दै आज परम्परागत इन्द्र जात्रा पर्व मनाइदै छ ।  नेपालमा लिच्छिविकालदेखि चलेको भन्ने विश्वास गरिएको यो पर्व काठमाण्डौ लगायत भक्तपूर , पाटन , धुलिखेल दोलखा आदि स्थानहरुमा पनि मनाउने गरिन्छ/
काभ्रेस्थित नालाको बनबाट शुभ साइतमा तान्त्रिक विधिद्धारा पूजा गरी पर्सेर छोडिएको बोकोद्धारा छोइएको रुख काटी , ताछी तयार पारिएको लिङ्गोलाई एकादशीका दिन रंगाएर पूजाआजा गरी हनुमानढोका अगाडी राखिने र भोलीपल्ट द्धादशीका दिन विधिपूर्वक बाजागाजासहित लिङ्गोगाड्ने चलन भएकाले यस पर्वलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ ।

आजको दिन मुख्य रुपमा मनाइनेइन्द्र जात्रा पर्वमा राष्ट्रपतिबाट हुनमानढोकास्थित गद्दी बैठकमा जीवीत देवीका रुपमा रहेका श्री कुमारी , श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

आजै इन्द्रको बहान ऐरावत हाक्तीको प्रतिकका रुपमा किसी द्यो को नाच पनि निकाल्ने चलन छ ।  इन्द्र जात्रा अवधिभर दशावतार नृत्य , देवीनृत्य , भद«काली नृत्य , इत्यादी गर्ने गरिन्छ ।  भैरवको रुपमा तथा भैरवका गणहरु सहितको भक्कु नाच निकाल्ने परम्परा पनि इन्द्र जात्राको अर्को विशेषता हो ।  इन्द्र जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button