तपाईँ सुन्दै हुनुहुन्छः

जितपुर रिले स्टेशनबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु

ध्रुव अधिकारी, वीरगञ्ज । रेडियो नेपालले प्रशारण क्षमता बृद्धि अभियान अन्तरगत आजदेखि बाराको जितपुरमा एफ.एम.रिले स्टेशन स्थापना गरी परीक्षण प्रशारण प्रारम्भ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा एफ.एम.ब्याण्डको १०३ मेगाहर्जबाट वीरगञ्जसँगै वारा, पर्सा र रौतहटका श्रोताहरुलाई लक्षित गर्दै आजदेखि परीक्षण प्रसारण शुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनु भयो ।

जितपुरमा रहेको रेडियो नेपालको रिले स्टेशनबाट केन्द्रीय प्रसारणका साथै अपरान्ह ३ बजेदेखि साँझ ६ बजे सम्मको प्रदेश नम्बर २ को प्रादेशिक प्रसारणलाई समेत श्रोता माझ पुर्याईने रेडियो नेपाल प्रदेश नम्बर २ प्रादेशिक प्रसारणका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।

प्रादेशिक प्रसारण अन्तरगत भोजपुरी, मैथली र मगही भाषामा समाचार तथा कार्यक्रमहरु प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button