तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्छ : मुख्यमन्त्री पौडेल   

चितवन –  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र व्यवसायी मिलेर विकास निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ चितवनको २६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न नसके मुलुक समृद्धितर्फ अघि नबढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजोको भन्दा फरक ढङ्गले काम गरेमात्र परिवर्तन सम्भव छ ।” निर्माण व्यवसायीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी सपना मात्र देख्छौँ, त्यो साकार बनाउने काम तपाइँहरु हो ।” निर्माणका क्षेत्रमा कमी कमजोरी र ढिलाइ हुने गरेको भन्दै उहाँले समयमा काम गर्नेलाई सम्मान र नियतवस ढिला गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार नयाँ काम गर्न खोज्छ, सडकबाट आन्दोलन शुरु हुन्छ ।” कार्यक्रममा प्रदेशका भूमिसुधार कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले इमान्दारीतापूर्वक काम गरे जिल्लामा बजेटको अभाव नहुने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button