तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार सम्मेलन : ऊर्जामा लगानी गर्न आग्रह   

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेका कारण नेपाल लगानीका लागि उपयुक्त थलो भएको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ठूला आयोजनाको लगानीका लागि वैदेशिक सहयोग जरुरी भएको बताउनुभयो । ७.२ प्रतिशत आर्थिक वृद्धिका लागि ठूलो लगानी जरुरी रहेको भन्दै उहाँले सरकारको ध्यान ठूला परियोजनामा केन्द्रित रहेको बताउनुभयो । नेपालीले नै प्रतिवर्ष रु साढे आठ खर्ब बराबरको लगानी गर्नसक्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै मन्त्री पुनले आगामी तीन वर्षभित्र वार्षिक रु १३ खर्ब लगानी गर्न सक्ने अवस्थामा पुग्ने तथ्याङ्क पेश गर्नुभयो ।

“ठूला आयोजनाका लागि अझै थप वैदेशिक लगानी आवश्यकता औँल्याउनुभयो । नेपालीको बचत गर्ने बानी वृद्धिका कारण पनि नेपाली स्वयं लगानी गर्न सक्ने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयो, “तर पनि ठूला परियोजना निर्माण गर्न बाह्य पूँजी आवश्यक छ ।”

वैदेशिक लगानीका लागि सरकारले ‘हेजिङ फण्ड’ स्थापना गरी सहज वातावरण बनाएको, निजी क्षेत्रले लामो सयमदेखि माग गर्दै आएको ‘पोष्टपेड रेट’ र ‘भ्याट’ फिर्ताको विषयलाई समेत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा उत्पादित बिजुलीलाई क्षेत्रीय तथा उपक्षेत्रीय बजारमा पु¥याउन आवश्यक संयन्त्रसमेत तयार भएको उहाँको भनाइ थियो । मन्त्री पुनले १० वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राखेको सरकारले पूर्वपश्चिम राजमार्गको समानान्तर रुपमा ४०० केभी क्षमताको प्रसारण लाइन र मध्यपहाडी राजमार्गको आसपासबाट सोही क्षमताको प्रसारण लाइन, उत्तर दक्षिण नदी करिडोरमा उक्त क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना बनाइएको बताउनुभयो ।

नेपालीले नै लगानीको वातावरण बनाएपछि विदेशी लगानी गर्न आउँछन् भन्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार ऊर्जा क्षेत्रको विकास लागि लागि परेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button