तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठकः दुई विधेयक पारित

भुषण पोखरेल । राष्ट्रिय सभाकोे आजको बैठकले वातावरण संरक्षण विधेयक, २०७५ र वन विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितका दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताउनुभयो ।

राष्ट्रिय सभाको अर्काे बैठक यही भदौ २९ गते आइतबार दिउसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button