तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला फुटबल टिम उपाधिबाट बञ्चित

काठमाडौं । नेपाली महिला फुटबल टिम फेरी एक पटक उपाधिबाट बञ्चित भएको छ ।

किर्गिस्तानमा भएको नादेझ्दा कप फुटबलको फाइनलमा नेपाल उज्वेकिस्तानसँग तीन दुई गोलले पराजित भयो ।

खेलको सुरुवात देखि नै आक्रामक फुटबल खेलेको उज्वेकिस्तानले ३९ औं मिनेटमा गोल गर्यो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो ।

५५ औं मिनेटमा उज्वेकिस्तानले दोस्रो गोल गर्न सफल भयो । दुई गोलको अग्रता बनाएको उज्वेकिस्तानले ६४ औं मिनेटमा तेस्रो गोल गर्यो । ६७ औं मिनेटमा नेपालले एक गोल फर्काउन सफल भयो ।

नेपालका लागि सावित्रा भण्डारीले गोल गर्न सफल भइन । ९० औं मिनेटमा नेपालले पेनाल्टी पाएको थियो । उज्वेकिस्तानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गरेकी थिइन् ।

सावित्राको गोलले नेपालको हारको अन्तर ३–२ मा झारेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छिन् । नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानविरुद्ध २ गोल गर्दै सावित्राले अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी हुन् ।

सावित्राले राष्ट्रिय टोलीका लागि ३७ खेल खेल्दै ३५ गोल गरेकी छिन् । सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी सावित्राले त्यसपछि लगातार राष्ट्रिय टोलीका लागि गोल गर्दै आएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button